मुख्य समाचार

    झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    जगत ठाडा मगर
    २०८० पुस १३ | बिहान ०६:०९ बजे

      झापा, पुस १३ । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

      बिहीबार राति हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका—११ का मेघराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

      उनको शव घरबाट ५० मिटरको दूरीमा फेला परेको थियो । हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ ।

      राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु