निर्वाचन

    गुल्मी युनाइटेड सहकारीको छैठौँ सञ्चालक समितिका चुनाव पर्सी १४ गते हुने

    इन्द्रजित नेपाली
    २०८० पुस १२ | मध्यान्ह १२:०९ बजे

      गुल्मी, पुस १२ । गुल्मीको तम्घास यतिबेला चुनावमय भएको छ । चुनावमय हुनुको कारण चाहिँ कुनै दलको आवधिक वा मध्यावधी चुनाव नभईकन तम्घासको सबैभन्दा बलियो सहकारी गुल्मी युनाइटेड सहकारीको १६औं बार्षिक साधारण सभा तथा छैठौँ सञ्चालक समितिको निर्वाचनलाई लिएर सरगर्मी बढेको हो ।

      जम्मा ११२१ शेयर सदस्य रहेको सहकारी तम्घासको सबै भन्दा बलियो र भरपर्दो सहकारीको रुपमा परिचित छ । यसै संस्थाको नेतृत्व लिनको लागि यस पटक अध्यक्ष पदमा वाणिज्य बैंक तम्घास शाखाका पूर्व प्रमुख हरि प्रसाद पाण्डेय र हार्डवेयर व्यवसायी राम प्रसाद पन्थी मैदानमा छन् ।

      प्यानल नै बनी नसकेको भएतापनि दुबै तर्फका अध्यक्षका प्रत्यासीहरु र समग्र टिम नै प्रजातान्त्रिक धार समर्थक रहेका छन् । तर शेयर सदस्यहरु माझ सहकारी जानकार चयन गर्ने कि ब्यवसायी चयन गर्ने भन्ने उपयुक्त अवसर हुने छ । तर, लामो समय तम्घासको राष्ट्रिय वाणिज्य बैंकमा म्यानेजरको रुपमा कार्यरत रही अवकाश प्राप्त र युवा तथा समस्त तम्घासबासीका परिचित हरि प्रसाद पाण्डेयको टिमको पक्षमा जर्बजस्त माहोल बनेको कुरा शेयर सदस्यहरु माझ चर्चाको विषय बनेको छ ।

      वि.सं २०६४ सालमा स्थापना भई संचालनरत उक्त सहकारीको शेयर पुजी ८१,७९०,६००/- रहेको छ भने जगेडा कोषको रुपमा २६८८७२०६.९०  रुपैयाँ रहेको छ । साथै २८६३१०८७४ रुपैयाँ बचत निक्षेप रहेको छ । उक्त संचालक समितीको निर्वाचन पर्सि १४ गते शनिबार ०९:०० बजेदेखि महेन्द्र माध्यामिक विद्यालय तम्घासमा हुने जनाइएको छ ।

        कमेन्टहरु