पोखरामा कारको ठक्करबाट २ पैदल यात्रीको मृत्यु

जगत ठाडा मगर
२०८० पुस १० | बिहान ०९:०९ बजे

पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका – ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई आज बिहान ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवैजनाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने कारलाई नियन्त्रणमा लिएको र कार चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।





