समाज

    आजको राशिफल

    जगत ठाडा मगर
    २०८० पुस १० | बिहान ०६:०९ बजे

      बुटवल, पुस १० । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

      वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

      मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

      कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

      सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

      कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

      तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज विद्या र बुद्धिमा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

      वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

      धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

      मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) : सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

      कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । वैदेशिक कार्य राम्रै हुनेछ ।

      मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

        कमेन्टहरु