नवलपुरको बौदीकाली र बुलिङटारमा भएको छुट्टाछुट्टै घटनामा दुईजना घाईते

नवलपुर टुडे
२०८० पुस ९ | मध्यान्ह १२:०९ बजे

नवलपुर । नवलपुर जिल्लाको बौदीकाली र बुलिङटार गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जना घाईते भएका छन् ।
बौदीकाली गाउँपालिका- १ स्थित खोलाको ढिकमा गोरु चराइरहेको बेलामा खस्न जाँदा सोही गाउँपालिका- २ मा बस्ने ७३ वर्षीय बलबहादुर श्रेष्ठ घाईते हुनुभएको इलाका प्रहरी कार्यालय डेढगाउँले जानकारी दिएको छ । उनी पाँच मिटर तल खोलामा खस्दा घाइते भएका हुन । उनको रकुवा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बुलिङटार गाउँपालिका- ४ देउराली निवासी २२ वर्षीय दिनेश बराल रुखबाट लडेर घाइते भएका छन । प्रहरी चौकी बुलिङटारले दिएको जानकारी अनुसार उनी जाल्माको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लड्दा ढाड, टाउको र खुट्टामा चोट लागेर घाईते भएका हुन । उनको चितवन भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले नवलपुर टुडेलाई जानकारी दिए ।





