नारायणी नदि पुलबाट हाम फालेर एक महिलाको मृत्यु

नवलपुर टुडे
२०८० पुस ९ | बिहान १०:०९ बजे

नवलपुर, पुस ९ । नवलपुरको गैडाकोट नगरपालिका- २ स्थित नारायणी नदिको पुलबाट हाम फालेर एक महिलाको मृत्यु भएको छ ।
परिचय नखुलेको अन्दाजी ३५ वर्षीया महिलाले हाम फालेको भन्ने जानकारी हुनासाथ प्रहरी टोली खटि गई तत्काल नारायणी नदिको बोटद्वारा उद्दार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको थियो ।
अस्पतालमा उपचारको क्रममा उनलाई ९:१० बजे डाक्टरले मृत्यु घोषणा गरेको नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
मृतक महिलाको हालसम्म परिचय खुल नसकेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।





