सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०८० पुस ९ | बिहान ०९:०९ बजे

सिन्धुली, पुस ९ । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बस र बा ५० प ३५४५ नम्बरको मोटरसाइलकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।





