घटना

    नवलपुरमा जंगलमा घाँस काट्न गएका सासु बुहारी मृत फेला

    जगत ठाडा मगर
    २०८० पुस ९ | बिहान ०७:०९ बजे

      नवलपुर, पुस ९ । नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका- १ खहरेको जंगलमा घाँस काट्न गएका सासु बुहारी मृत फेला परेका छन् ।

      आइतबार बिहान घाँस काट्न भनी हिडेका ओम शान्ति टोलका ६० वर्षीया मनादेबी पौडेल र उनकी बुहारी बर्ष २८ वर्षीया बिष्णु पौडेल राती ९:२० बजेतिर मृत फेला परेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

      जंगलमा घाँस काट्न गएका उनीहरु घर नफर्केपछि मनादेबीको छोरा राजु पौडेलले बेलुकी साढे ८ बजेतिर खोजतलास गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी दिएका थिए । जानकारी पाउनासाथ प्रहरी टोली र स्थानीय ५०/६० जनाको टोली गई खोजतलास गर्ने क्रममा राती ९:२०
      बजेतिर मृत अवस्थामा भेटिएको नवलपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

      प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार विष्णु पौडेलको शव खहरेको ढिकमा र मनादेबीको शव १५० मिटर पुर्व फेला परेको थियो । विष्णुको बायाँ पट्टिको कम्परामा चोट लागेको थियो भने मनादेवीको बायाँ पट्टीको पछाडीको भागमा चोट लागेको थियो ।

      दुवै शवको घटनास्थलमा मुचुल्का कार्य सम्पन्न गरी पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।

        कमेन्टहरु