अपराध

    कपिलवस्तुमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

    जगत ठाडा मगर
    २०८० पुस ८ | मध्यान्ह ०८:०९ बजे

      कपिलवस्तु, पुस ८ । कपिलवस्तुको बाणगंगा नगरपालिका – १० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका सुरज विक, बुद्धभूमि नगरपालिका – ८ हरिहरपुरका बर्साती थारु र रुपन्देहीको कन्चन गाउँपालिका – ५ का श्रीधर टमाटा रहेका छन् ।

      सुरज विकको घरमा गाई काटेर मासुको भाग लगाइरहेको अवस्थामा तिन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । उनीहरूको साथबाट सय केजी मासु पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

      उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

        कमेन्टहरु