गुल्मीमा एक महिना अगाडिदेखि बेपत्ता रहेका वृद्ध मृत फेला

इन्द्रजित नेपाली
२०८० पुस ७ | मध्यान्ह ०६:०९ बजे

गुल्मी, पुस ७ । गुल्मीमा एक महिना अगाडिदेखि बेपत्ता रहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका – ७ अर्जुन डाँडामा सोही ठाँउका ६२ वर्षीय चेतमान चुँदारा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
गत मंसिर १ मा घरबाट हिडेका चुँदाराको खोजी गरिदिन घरपरिवारले प्रहरी र स्थानीयलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।





