समाचार

    पाल्पाको निस्दीमा आगलागी हुँदा नौ महिने बालिकाको मृत्यु

    जगत ठाडा मगर
    २०८० पुस ७ | मध्यान्ह ०३:०९ बजे

      पाल्पा, पुस ७ । पाल्पामा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।

      जिल्लाको निस्दी गाउँपालिका–३ झेरुबासस्थित एक घरमा आगलागी हुँदा जलेर स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्लीको मृत्यु भएको हो । 

      शनिबार मध्यान्ह १२ बजेतिर खरले छाएको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । स्थानीय श्यामबहादुर पल्लीको घर जलेर नष्ट भएको छ । मृतक बालिकासहित घरमा दुई छोरा रहेको बताइएको छ ।

      घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

      photo 2023 12 23 15 57 12 photo 2023 12 23 15 57 07 photo 2023 12 23 15 57 10

        कमेन्टहरु