सल्यानमा जेसिबी दुर्घटना हुँदा सहचालकको मृत्यु

जगत ठाडा मगर
२०८० पुस ७ | मध्यान्ह ०३:०९ बजे

बुटवल, पुस ७ । सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ७ बजेतिर बागचौर नगरपालिका–३ स्यालागैरा स्थित ग्रामीण भित्रि सडकखण्डमा तिरुपाते कन्स्ट्रक्सनको रा १ क ८६९ नम्बरको जेसिबी अनियन्त्रित भई सडकबाट तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा जेसिबी सहचालक दाङको गढवा गाउँपालिका – ५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी रहेका छन् । उनलाई जेसिबीले च्यापेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक बागचौर नगरपालिका – २ का अन्दाजी २२ वर्षिय दिपक डाँगी भने हाम फालेर जोगिएका थिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । जेसिबी सडकबाट करिब १२ मिटर तल खसेको थियो ।





