बागमती प्रदेश

    चितवनमा बिजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर दुईजना गम्भीर घाइते

    जगत ठाडा मगर
    २०८० पुस ७ | बिहान १०:०९ बजे

      चितवन, पुस ७ । चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीमा बिजुलीको तार चार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाईते हुनेहरुमा भरतपुर महानगरपालिका–२  रआँपटारीका प्रकाश नेपाली र सुनिल खनाल रहेका छन ।

      घाइतेहरुको चितवन मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको छ । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पु¥याइएको थियो ।

      करेन्ट प्रवाह भइरहेको तार चाेर्ने नियतले तार काट्न खोज्दा दुई जना गम्भीर घाइते भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।

        कमेन्टहरु