पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

असिम कामु
२०८० पुस ६ | बिहान १०:०९ बजे

पाल्पा, पुस ६ । पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार बेलुकी सवा ८ बजेतिर गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा लघुवाका ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दाङको घोराही उपमहानगरपालिका–३ का ३२ वर्षीय यमराज पुन, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएका छन् । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपर सडकबाट १५० मिटर तल खसेको थियो । टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





