देश

    चितवनमा मानव कंकाल फेला

    जगत ठाडा मगर
    २०८० पुस ६ | बिहान १०:०९ बजे
    फाइल तस्बिर

      चितवन, पुस ६ । चितवनको राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको छ । जंगलमा घाँस काट्न जाँदा स्थानीयवासीले बिहीबार मानव कंकाल र कपडा भेटेका थिए ।

      कपडाका आधारमा उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

      गएको वैशाख २६ गतेदेखि तामाङ बेपत्ता थिए । मुचुल्कापश्चात् ‘पोस्टमार्टम’का लागि कंकाललाई भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु