मौसम

    यस्तो छ आजको मौसम पूर्वानुमान

    जगत ठाडा मगर
    २०८० पुस ६ | बिहान ०७:०९ बजे

      काठमाडौं, पुस ६ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महााशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

      लुम्बिनी, गण्डकी, बागमतीमा अलि बढी बादल लागेको अवस्था देखिन्छ । आज दिनैभरि आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

      शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

      काठमाडौं उपत्यकाको अहिले बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १७ देखि १९ को बीचमा रहने पनि बताइएको छ ।

        कमेन्टहरु