अपराध

    पश्चिम नवलपरासी प्रहरीले १२ दिनमा ८८ जना फरार प्रतिबादी पक्राउ

    जगत ठाडा मगर
    २०८० पुस ५ | मध्यान्ह ०८:०९ बजे

      नवलपरासी, पुस ५ । पश्चिम नवलपरासी प्रहरीले १२ दिनमा ८८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी कैद र जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला अदालत परासीमा बुझाएको छ्न ।

      जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट प्रहरी सहायक निरीक्षक प्रविण चौलागाई तथा मातहत प्रहरी ईकाइहरु समेतबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई कैद तथा
      जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिबादीहरुलाई अभियान नै चलाएर धमाधम पक्राउ गरिरहेका छन ।

      विभिन्न मुद्दाका ८८ जना फरार प्रतिबादीहरुलाई जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरी तोकिएको कैद तथा जरिवाना असुल उपर गर्नका लागि सम्मानित नवलपरासी जिल्ला अदालत (ब.सु.प.) मा बुझाइएको कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।

      पक्राउ पर्ने प्रतिबादीहरुबाट रू.४,१८,५०३/- (अक्षरेपी
      चार लाख अठार हजार पाँच सय तीन रुपैंया) जरिवाना र ४१ वर्ष ०७ महिना १६ दिन कैद असुल गर्ने बाकी रहेको बोहराले जानकारी दिए ।

      साथै पश्चिम नवलपरासी प्रहरीले फरार प्रतिबादी पक्राउ गर्ने कार्य अभियानकै रुपमा जारी रहेको उनले बताए ।

        कमेन्टहरु