देश

    नवलपरासीस्थित चौधरी उद्योगमा आगलागी, क्षतिको बिबरण आउन बाँकी(फोटो फिचर)

    नवलपुर टुडे
    २०७८ जेष्ठ १९ | बिहान ११:०२ बजे

      नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका -२ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार अचानक आगलागी भएको छ ।

      उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बिहान ८ बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

      photo 2021 06 02 11 15 45

      आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल, नेपाली सेना, स्थानीय र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।

      आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।

        कमेन्टहरु