काठमाडौँ माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १५ जना पक्राउ

नवलपुर टुडे
२०८० पुस ५ | मध्यान्ह ०१:०९ बजे

काठमाडौँ । प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ ।
बिहीबार मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मानव अधिकारवादीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।





