पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट गर्ने २ महिलासहित ३ पुरुष पक्राउ

जगत ठाडा मगर
२०८० पुस ५ | बिहान ०९:०९ बजे

पोखरा । पोखरा घुम्न आएका पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट भएको छ । पृथ्वीचोकमा रहेको बसपार्कमा महिलालाई प्रयोग गरेर एकान्तमा लैजाने र पुरुषहरूले लुटपाट गरेर भाग्ने गरेको प्रहरीले जनाएको छ । हनी ट्र्यापमा पार्ने २ महिला र ३ पुरुष पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर होटेल लैजाने भन्दै एकान्तमा लगेर लुटपाट गरिएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।





