दुर्घटना

    कावासोती पुलमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा दुई जना घाइते

    जगत ठाडा मगर
    २०८० पुस ५ | बिहान ०८:०९ बजे

      पूर्वी नवलपरासी, पुस ५ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका – १६ कावासोती पुलमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ४३ प ६१११ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना ४ त ९०६९ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

      दुर्घटनामा मोटरसाइकल चालक कावासोती – ११ कुडौलीका २७ वर्षीय बिजय बि.क र मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय नारायण महतो घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाएकोमा बि.क. लाई जिल्ला सरकारी अस्पताल रिफर गरिएको र महतोलाई पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

      दुवै सवारी साधन साथै ट्याक्टर चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु