मौसम

    यस्तो छ आजको मौसम पूर्वानुमान

    जगत ठाडा मगर
    २०८० पुस ५ | बिहान ०७:०९ बजे

      काठमाडौँ, पुस ५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

      जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

      आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । राति पनि यो क्रमले निरन्तरता पाउनेछ । 

      देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

        कमेन्टहरु