अर्थ

    आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

    नवलपुर टुडे
    २०८० पुस ४ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।

      आज तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

        कमेन्टहरु