कपिलवस्तुको गोरुसिङ्गेमा बस र ट्रक ठोक्किँदा चार गम्भीर घाइते

जगत ठाडा मगर
२०८० पुस ३ | मध्यान्ह ०८:०९ बजे

कपिलवस्तु, पुस ३ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते हुनुभएको छ ।
मङ्गलवार अन्दाजी पौने ६ बजे दाङबाट बुटवलतर्फ जाँदैगरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बस ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । रोकिएको ट्रकमा ठक्कर दिँदा बसमा बसेका ४ यात्रु च्यापिएका थिए । बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो ।

बसमा च्यापिएकाको उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, शमशेर दल गणका नेपाली सेना र स्थानीय खटेको प्रहरीको भनाइ छ ।





