कुवेतका अमिरको निधनमा आज शोक मनाइने

जगत ठाडा मगर
२०८० पुस २ | बिहान ०६:०९ बजे

काठमाडौँ, पुस २ । नेपाल सरकारले आज शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो ।
आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको छ ।
मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
अमिरको गत मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।






