दुर्घटना

    रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

    जगत ठाडा मगर
    २०८० पुस १ | मध्यान्ह ०५:०९ बजे

      बुटवल, पुस १ । रुपन्देहीको गैडहवा गाउँपालिका–१ मा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

      आइतबर कञ्चन गाउँपालिका –३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले ठक्कर दिँदा डहवा–१ का राम हरिजनकी २ वर्षीया छोरी नारियाको ज्यान गएको हो ।

      इलाका प्रहरी कार्यालय सुर्यपुराले बसको ठक्करबाट बालिकाको ज्यान गएको पुष्टि गरेको छ । बालिकाको शवलाई पोस्टमार्टमका लागि भैरहवा पठाइएको छ।

      ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु