उद्योग संचालनको लागि दिएको जग्गा फिर्ताको माग


रौतहट । रामविनोद जयसवालसमेतले चिनी मिल सञ्चालनको लागि जमिन दिएका किसानलाई जमिन फिर्ता गर्नुपर्ने अडान राखेका छन्।
संघर्ष समितिका संयोजक यादवले भने ‘उद्योगमा लगानी गर्न ऋण दिने बैंकको रकम ब्याजसहित फिर्ता हुने, उद्योगपतिले उद्योग सञ्चालन नगर्ने र किसानहरुले उद्योग सञ्चालन गर्नको लागि दिएको जग्गा फिर्ता गर्नुपर्ने आफूहरुको अडान रहेको छ।’उद्योगले अझै कर्मचारीहरुको केही महिनाको तलब सुविधा रोकेर राखेको छ। किसान संघर्ष समितिले भने कर्मचारीहरुको रोकिएको रकम पनि तत्काल दिनुपर्ने माग गरेको छ।दुवै पक्ष आ–आफ्नै अडानमा कायम रहेपछि वार्ता असफल भएको छ।
कुनै निष्कर्षबिना टुंगिएको वार्तामा प्रजिअ मिश्रले फेरि पनि अर्कोपटक गृहकार्य गरेर बैठक बस्ने बताएका छन्।उद्योग सञ्चालन गर्ने वा किसानको जमिन फिर्ता गर्ने विषयमा पटक–पटक विभिन्न मन्त्रालयमा मन्त्रीस्तरीय छलफल भइसकेको छ।गत असोजमा किसान संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उद्योग सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका थिए।





