समाचार

    विवाह पञ्चमीमा पाकेटमारी गर्ने १८ जना मानिस पक्राउ

    दिपेश कुमार शाह
    २०८० पुस १ | मध्यान्ह ०३:०९ बजे

      जनकपुरधाम, पुस १ । जनकपुरधाममा विवाह पञ्चमी मेलामा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भीडभाडको मौकाछोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई पक्राउ गरिएको हाे ।

      दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

      उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी युनिट स्थापनामा राखिएको छ । उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोक छ ।

        कमेन्टहरु