दुर्घटना

    नवलपरासीमा मोटरसाइकल दुर्घटनमा परी एकजनाको मृत्यु

    जगत ठाडा मगर
    २०८० पुस १ | मध्यान्ह १२:०९ बजे

      नवलपरासी, पुस १ । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा
      मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका- ७ बस्ने वर्ष ४८ को सुरज कुमार कोहार रहेको छ ।

      गएराति अन्दाजी ७ बजे बर्दघाट नगरपालिका- १४ बेलानीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु ५२ प ३६६६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पल्टिन जाँदा दुर्घटना भएको हो

      दुर्घटनामा मोटरसाईकल चालक घाइते भई शहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता नवलपरासीमा उपचारको क्रममा ७:४५ बजे डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको हो ।

      मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र लास पोष्टमार्टम पश्चात मृतकको छोराले बुझी लगेको र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ घटना सम्बन्धी थप अनुसन्धान कार्यभईरहेको बोहराले जानकारी दिए ।

        कमेन्टहरु