अपराध

    बालिका जबरजस्ती करणी गर्नेलाई जिल्ला अदालतले १८ वर्ष काराबासको फैसला

    नवलपुर टुडे
    २०८० मंसिर ३० | मध्यान्ह ०३:०८ बजे

      धादिङ । एक १४ वर्षीया बालिका जबरजस्ती करणी गर्नेलाई जिल्ला अदालतले १८ वर्ष काराबासमा राख्न फैसला गरेको छ ।

      जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले गजुरी गाउँपालिका–४ गैरीगाउँका ४३ वर्षीय डिलबहादुर रुम्बा तामाङलाई १८ वर्ष कैद गर्दै ७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

       मुलुकी अपराध संहिता २०७४ दफा २१९ (३) (ख) बमोजिम  अपराध गरेको ठहर बमोजिम सजाय गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

      कसुरदार तामाङबाट  जरिवाना बापत असुल गरिएको ७ लाख रुपैयाँ पीडित पक्षलाई क्षतिपूर्ति दिने फैसलामा उल्लेख छ ।

       ०८० जेठ ६ गते बालिका जबरजस्ती करणी गरेपछि इलाका प्रहरी कार्यालय गजुरीमा पीडित पक्षले असार १० गते उजुरी दिएका थिए ।

      कसुरदार तामाङविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी  मुद्दा जिल्ला अदालतमा असार २७ गते दर्ता गरेपछि सोही दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

        कमेन्टहरु