दुर्घटना

    दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार मामा-भान्जाको मृत्यु

    जगत ठाडा मगर
    २०८० मंसिर ३० | बिहान ११:०८ बजे

      दाङ, मंसिर ३० । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ बर्षीय सागर केसी रहेका छन् ।

      गएराति १०:२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो ।

      दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले टिप्परको ठक्करबाट विशाल र सागर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको एसपी केसीले जानकारी दिए ।

      मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको एसपी केसीले जानकारी दिए । मोटरसाइकल जिसीले चलाएका थिए ।

      टिप्पर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकको साथबाट सवारी चालक लाइसेन्स फेला नपरेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु