देश

    अदालतमा ३० लाख धरौटी बुझाएका खाणले शुद्धीकरण विभागमा पनि बुझायो १५ लाख धरौटी

    नवलपुर टुडे
    २०८० मंसिर २९ | मध्यान्ह ०४:०८ बजे

      काठमाडौ, मंसिर २९ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन् । शुक्रबार विभागले खाणसँग १५ लाख रुपैयाँ धरौटी मागेपछि उनले नबिल बैंकको ग्यारेण्टी बुझाएको महानिर्देशक पुष्‍पराज शाहीले जानकारी दिए ।

      यसअघि उनले जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेण्टी बुझाएर केन्द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका थिए । विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिएको छ । अख्तियारले छाडेपछि भने उनी तारेखमा हुनेछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन् ।

      मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा कोइरालाको इजलासले निर्णय गरेको हो । प्रकाश खरेलले खाणलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने राय दिएका थिए । तर जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए ।

      कोइरालाले पनि पाण्डेको रायमा सहमति जनाएपछि उक्त निर्णय गरेका हुन् ।

        कमेन्टहरु