अपराध

    पेस्तोल र खैरो हेरोइनसहित भक्तपुरबाट २ जना पक्राउ

    जगत ठाडा मगर
    २०८० मंसिर २९ | मध्यान्ह ०४:०८ बजे

      काठमाडौं, मंसिर २९ । भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

      काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सुर्यविनायक नगरपालिका – १० नलिन्चोक क्षेत्रबाट इलाम नगरपालिका- ९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ का ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

      पक्राउ परेका उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन र केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु