अपराध

    पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतबाट सम्पत्ति शुद्धीकरणमा लगियो

    नवलपुर टुडे
    २०८० मंसिर २९ | मध्यान्ह ०२:०८ बजे

      काठमाडौँ । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।

      केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।  बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ ।

      बालकृष्ण खाँणलाई प्रदेश–३–०१–०२३ च ३७२६ नम्बरको निजी गाडी चढेर सम्पत्ति शुद्धीकरणमा उपस्थित भएका हुन् ।

      सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । 

        कमेन्टहरु