मुख्य समाचार

    नारायणी नदी किनारमा भेटियो नवजात शिशुको शव

    जगत ठाडा मगर
    २०८० मंसिर २९ | बिहान १०:०८ बजे

      चितवन, मंसिर २९ । चितवनको भरतपुर महानगरपालिका–१६ भगेरीथानस्थित नारायणी नदी किनारमा नवजात शिशुको शव फेला परेको छ ।

      नदीले बगाई ल्याएको जस्तो देखिने अन्दाजी ७ महिनाको शिशुको शव बिहीबार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

      शवको पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृह पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु