राजनीति

    कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८० मंसिर २९ | बिहान १०:०८ बजे

      काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

      आजको बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

      बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।

        कमेन्टहरु