देश

    नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

    नवलपुर टुडे
    २०८० मंसिर २९ | बिहान ०७:०८ बजे

      काठमाडौँ । नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।

      सेनाले शुक्रवार सूचना प्रकाशित गर्दै ती पदमा कर्मचारी मागेको हो। सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, मर्मततर्फ १२ जना, सैनिक ब्यान्डतर्फ १४ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी माग गरेको हो। सेनाले शुक्रवार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै ती कर्मचारी मागेको हो।

      उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिन सक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। दरखास्तका लागि पदअनुसार फरक फरक दरखास्त शुल्क तोकिएको छ।

      1702604513 2023 12 15 12 16 49 gopa mangsir 29 11 1702603236

       

       

        कमेन्टहरु