काठमाडौँ । सरकारले सात सचिवहरूको सरुवा गरेको छ । आज (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा निकायका सचिवहरूसहित प्रदेश प्रमुख सचिवको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार खानेपानी मन्त्रालयका सचिव राम आधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ भने त्यहाँका सचिव सुरेश आचार्य खानेपानीमा ल्याइएको छ ।
त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यहाँका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय सरुवा गरिएको छ । सरुवा भएका सचिवहरूको पत्र भोली मात्रै बन्ने छ । यद्यपी अन्तिम चरणमा पत्र बनाउँदै गर्दा केही फेरबदल नहोला भन्न भने सकिँदैन । पछिल्लो समय कामको मूल्याङ्कनका आधारमा सचिवहरू खटनपटन हुनुपर्ने बताइँदै आइएको भए पनि कार्यान्वयनमा भने त्यसो हुन सकिरहेको देखिँदैन । तर, नतिजा आएन भनेर भन्न पनि छुटाउँदैनन् ।







