कोशी प्रदेश

    झापामा जंगली हात्ती मृत फेला

    जगत ठाडा मगर
    २०८० मंसिर २८ | बिहान १०:०८ बजे

      झापा, मंसिर २८ । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । 

      बिहीबार बिहान बाह्रदशी गाउँपालिका – १ स्थित बागमतामा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्‍ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

      बिहान ८ बजे हात्ती मृत फेला परेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय राजगढ झापाबाट प्रहरी वरिष्ट नायब निरीक्षक मदनकुमार मैनालीको कमान्डमा प्रहरीको टोली खटिएको थियो । 

      हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो । बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ । वन कार्यालयको कर्मचारीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रियाको काम गरिरहेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु