अपराध

    त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

    जगत ठाडा मगर
    २०८० मंसिर २७ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौँ, मंसिर २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

      अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको १ सय ७० ग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक ५० वर्षीय जितेन्द्र मूलचन्द बाबालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

      एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौँ आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औँठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

      उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । 

        कमेन्टहरु