अर्थ

    सुनको मूल्य घट्यो

    नवलपुर टुडे
    २०८० मंसिर २७ | मध्यान्ह १२:०८ बजे

      काठमाडौं, मङ्सिर २७ । बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

      यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपियाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपियाँमा कारोबार भएको थियो ।

      त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर १४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसोत महासंघका अनुसार मङ्सिर १८ गतेयता सुन प्रतितोला पाँच हजार ६ रुपियाँ घटेको हो ।

      मङ्सिर १८ गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १६ हजार रुपियाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।

        कमेन्टहरु