समाचार

    बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा बच्चा

    रासस
    २०८० मंसिर २६ | बिहान ०९:०८ बजे

      बारा, मंसिर २६ । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ ।

      वीरगञ्जको विर्तामा रहेकाे श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गएकाे आइतवार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।

      अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

      उहाँले भन्नुभयो, ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशुसहित आमाको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।’

        कमेन्टहरु