इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु

एजेन्सी
२०८० मंसिर २५ | मध्यान्ह ०४:०८ बजे

इजिप्ट । इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु भएको छ। विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए।
करिब ६७ मिलियन इजिप्टियनहरू राष्ट्रव्यापी ९ हजार भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्न योग्य छन्। तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए।
अन्य तीन प्रतिष्पर्धीहरु सोशल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्; इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा, र पीपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन्। अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ।





