दुर्घटना

    नवलपुरको पिडरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

    नवलपुर टुडे
    २०८० मंसिर २५ | बिहान ११:०८ बजे

      नवलपुर, मंसिर २५ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – ४ पिडरीमा ट्याक्टर हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

      पिडरीको भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको लु ४ त ५५०५ नम्बरको मिस्कट लोड ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक मकवानपुरको मनहरी गाउँपालिका – ६ का २४ वर्षीय विशाल प्रजाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      ट्याक्टर अहिले घटनास्थलमा रहेको र उक्त स्थानमा अस्थायी प्रहरी चौकी सर्दीबाट प्रहरी हवल्दार बाबुराम चन्दको कमाण्डमा ४ जनाको टोली र ईलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी नायव निरीक्षक कमल बहादुर बगालेको कमाण्डमा ५ जनाको टोली खटी गई घटनास्थल सुरक्षित गरि राखेको छ ।

      यस्तै घटनास्थल अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक साजन कुमार शर्माको कमाण्डमा ६ जनाको टोली खटी गएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु