देश

    विपीनको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले जनाए प्रतिबद्धता

    नवलपुर टुडे
    २०८० मंसिर २५ | बिहान ०८:०८ बजे

      काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।

      इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् । 

      इजरायलको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र इजरायली डिफेन्स फोर्सका कोअर्डिनेटरसँगको भेटमा रिजालले विपीनको खोजीका लागि नेपालले इजरायल सरकारबाट निर्णायक भूमिकाको अपेक्षा गरेको बताएकी थिइन् । 

      जवाफमा उनीहरूले विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

        कमेन्टहरु