अपराध

    पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

    असिम कामु
    २०८० मंसिर २४ | मध्यान्ह ०१:०८ बजे

      पाल्पा, मंसिर २४ । पाल्पामा आफैले बोकेका भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।

      निस्दी गाउँपालिका वडा नं ४ मित्याल गाङ्सिङ डाँडाका ४८ वर्षीय डम्बरबहादुर सारुको आफैले बोकेको बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट एक नाले भरुवा बन्दुक र भिर्ने झोला बरामद गरिएको थियो ।

      रातको समयमा फापर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्न हिडेका सारु बाटोमा चिप्लिएर आफैले बोकेको बन्दुक पड्किँदा घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा राती ३ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।

      घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु