स्वास्थ्य

    गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपतिले लिइन् जानकारी

    रासस
    २०८० मंसिर २३ | मध्यान्ह ०६:०८ बजे
    गृहमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर ।
      काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

      बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएको श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

      मन्त्री श्रेष्ठको यही मंसिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै ‘डिस्चार्ज’ हुने केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । 

        कमेन्टहरु