पोखरामा आफ्नै केटी साथीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा किशोर पक्राउ


पोखरा, मंसिर २३ । पोखरामा आफ्नै केटी साथीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने एक किशोरलाई प्रहरीले पक्राउ परेको छ ।
एउटै कक्षामा पढ्ने १६ वर्षीय किशोरले आफ्नै उमेर समूहको किशोरीको अश्लील फोटो र भिडियो बनाएर बेलाबेलामा नक्कली फेसबुक आइडीबाट फेसबुकमा पोस्ट गर्ने धम्की दिँदै आएका थिए ।
उनले किशोरीको तस्बिर र भिडियो उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए । बेइज्जत गरिदिन्छु भनेपछि ती किशोरीको मानसिक यातना बढ्दै गयो । किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्ततः पोखरा २७ का किशोर पक्राउ परे । प्रहरीले २ थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ ।
उनलाई विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइवर अपराध मुद्दामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।





