अपराध

    श्रीनिवास आचार्य थुनामुक्त

    नवलपुर टुडे
    २०८० मंसिर २२ | मध्यान्ह ०७:०८ बजे

      काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास ११ दिनपछि थुनामुक्त भएका छन् ।

      छुटेलगत्तै उनले फेसबुक लाइभमा आएर आफ्ना केही भनाइहरु राखे । श्रीनिवासले आफूलाई हिरासतमा गुरुको मर्यादा दिएर सम्मानपूर्वक राखिएकोमा प्रशासनप्रति आभार प्रकट गरेका छन् ।

      आन्दोलनमा आफूले बोलेको भाषा चर्को भएको भनेर प्राप्त सुझावहरुलाई मनन गरेको उनले बताए । अबका दिनमा यसमा सुधार गर्ने तर हिन्दू राष्ट्रको अभियानबाट पछि नहट्ने अठोट उनले व्यक्त गरेका छन् ।

        कमेन्टहरु