नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

नवलपुर टुडे
२०८० मंसिर २२ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् ।
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।





